बडिमालिका माता

 0  24
बडिमालिका माता

बडिमालिका माता नेपालको  सुदूरपश्चिम क्षेत्रको प्रसिद्ध तथा शक्तिशाली देवी मध्येको एक हुन्।  सुध्र पश्चिम बाजुरा जिल्लामा अवस्थित बडिमालिका मन्दिर धार्मिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ।

परिचय 
स्थान- बाजुरा जिल्ला, त्रिवेणी नगरपालिका, बडिमालिका क्षेत्र 
धार्मिक मान्यता - शक्ति (दुर्गा) स्वरूप 
विशेष पर्व -जनैपूर्णिमा (बडिमालिका मेला)
समुन्द्र सतहदेखि उचाइ  करिब ४,२६७ मिटर (१३,९९७ फिट)

धार्मिक मान्यताअनुसार बडिमालिका देवीलाई मालिका भगवतीको स्वरूप मानिन्छ। देवी दुर्गाको शक्ति पीठमध्ये एक शक्तिशाली पीठ हो । धार्मिक मान्यता अनुसार सतीदेवीको शरीर टुक्रा टुक्रा हुँदा एक टुक्रा यस स्थानमा खसेको र सोहीअनुसार यहाँ शक्ति पीठ स्थापना गरिएको हो। जनैपूर्णिमाको दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ । हजारौं भक्तजनहरू हरेक वर्ष भारत, नेपाल लगायतका बिभिन्न स्थानबाट दर्शन गर्न आउने गर्दछन् । भक्तजनहरू ३-४ दिनको लामो पदयात्रा गरेर बडिमालिका मन्दिरमा पुग्छन्।

प्राकृतिक सौन्दर्य
बडिमालिका क्षेत्र हिमाली सौन्दर्य, फूलहरूसँग भरिपूर्ण घाँसे मैदान (पाटन) र मनोरम दृश्यले भरिएको छ। यहाँ रारा ताल जस्तै सुन्दर “टिबके ताल” पनि नजिकै छ।

पूजापाठ र आस्था
यहाँ  बलि दिइन्छ, तर केही भक्तजनले निरबलि पूजा पनि गर्छन्। भक्तजनहरू मनोकामना पूरा भएपछि फर्केर फेरी पूजा गर्न आउने परम्परा पनि यहा रहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow