वैशाखमा ७४ हजारभन्दा बढी नेपाली विदेशिए

 0  8
वैशाखमा ७४ हजारभन्दा बढी नेपाली विदेशिए

काठमाडौं, ५ जेठ । कामको खोजीमा वैशाख महिनामा ७४ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । स्वदेशमा रोजगारीको अवसर नभएपछि वैशाखमा ७४ हजार ४ सय २९ जनाले श्रम स्वीकृति (पुन: श्रम स्वीकृति सहित) लिएर विदेशिएका हुन् । 

चैत २०८२ मा भने ६१ हजार ८ सय १९ जनाले श्रम स्वीकृति (पुन: श्रम स्वीकृति सहित) लिएर वैदेशिक रोजगारीमा गएका थिए । चैतको तुलनामा वैशाखमा १२ हजार ६ सय १० जना बढीले वैदेशिक रोजगारीमा गएका हुन् ।

विदेशिने ७४ हजारमध्ये ६५ हजार १० पुरुष र ९ हजार ४ सय १९ महिला रहेका छन् । उक्त अवधिमा ४१ हजार ३ सय २४ जनाले श्रम स्वीकृति लिएका छन् भने ३३ हजार १ सय ५ जनाले पुन श्रम स्वीकृति लिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow