साउन १ देखि सुनचाँदी क्षेत्रका लागि नयाँ बिल/बिजकको ढाँचा लागू (नमुना ढाँचासहित)

 0  29
साउन १ देखि सुनचाँदी क्षेत्रका लागि नयाँ बिल/बिजकको ढाँचा लागू (नमुना ढाँचासहित)

काठमाडौं, असार २९ — नेपाल सरकारको आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेदेखि सुनचाँदी क्षेत्रसँग सम्बन्धित नयाँ बिल/बिजकको ढाँचा लागू गर्ने भएको छ। विभागले उक्त नमुना बिल/बिजकको ढाँचा समेत सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षको बजेटमार्फत गरिएको व्यवस्थाअनुसार नयाँ बिल/बिजकमा सिप प्रवर्द्धन शुल्क समावेश गरिएको छ। विभागले जारी गरेको सूचनाअनुसार साउन १ गतेदेखि उक्त नयाँ ढाँचा अनिवार्य रूपमा कार्यान्वयनमा आउनेछ।

आन्तरिक राजस्व विभागले नयाँ बिल/बिजकको मूल मर्म प्रभावित नहुने गरी आवश्यक सामान्य संशोधनसहित बिल/बिजक छपाइ तथा प्रयोगको व्यवस्था गर्न सम्बन्धित व्यवसायी तथा करदाताहरूलाई अनुरोध गरेको छ।

यससँगै नेपाल सुनचाँदी क्षेत्रका व्यवसायीहरूले साउन १ गतेदेखि विभागले निर्धारण गरेको नयाँ नमुना ढाँचाअनुसार बिल/बिजक प्रयोग गर्नुपर्ने भएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow