४०० को सिमेन्ट ८०० रुपैयाँ पुगेको भन्ने हल्ला मात्र हो : उद्योगमन्त्री भण्डारी
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ४०० को सिमेन्ट ८०० रुपैयाँ पुगेको भन्ने विषयमा सत्यता नभएको दाबी गरेका छन् ।
बुधवार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले पछिल्लो समय उद्योगको मूल्य लागतअनुसार फरकफरक रहेको बताउँदै ४०० को सिमेन्ट ८०० रुपैयाँ भन्ने विषयमा सत्यता नभएको दाबी गरेका हुन्।
सिमेन्टको मूल्यवृद्धिको विषयमा सरोकारवालाहरूसँग ४/ ५ पटक छलफल भएको र अन्तिमपटक माघ ६ गते सहमति भएको उनको भनाइ थियो। उनले ओपीसीको ६५० र पीपीसी ७५० रुपैयाँसम्म मूल्य रहेको बताए । उनले बाहिर भनिए जस्तो सिमेन्टमा ५०/७५ प्रतिशत मूल्य वृद्धि नभएको बताए।
उनले भने,‘पछिल्लो पटक असार महिनामा निर्धारण भएको सिमेन्टको मूल्यमा थोरै वृद्धि गर्ने गरी निर्माण व्यवसायीहरुले सहमति जनाएको अवस्था हो । उत्पादन,बजार अभावका विषयमा फुलफेजमा उत्पादन गरी उत्पादन लागतका आधारमा मूल्य समायोजन हुनेकुरा भइसकेको थियो । समितिले दिने निर्देशनअनुसार चाँडै टुग्याउँछौं ।
What's Your Reaction?





