अबको २ महिना बुटवल-नारायणगढ सडकको दाउन्नेमा गाडी नचलाउन प्रहरीको आग्रह

 0  18
अबको २ महिना बुटवल-नारायणगढ सडकको दाउन्नेमा गाडी नचलाउन प्रहरीको आग्रह

बुटवल, १७ कात्तिक । जिल्ला प्रहरी कार्यालय नवलपरासीले निर्माणाधीन अवस्थामा रहेको दाउन्ने खण्डमा सडक चिप्लो भएको र घण्टौँसम्म सवारीसाधनको जाम रहेकोले वैकल्पिक सडक प्रयोग गर्न सवारीसाधनका चालक तथा यात्रुहरूलाई आग्रह गरेको छ।

सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयले आज सूचना जारी गर्दै विगत केही दिनयता भएको वर्षातको कारण निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो भई यातायात आवागमनमा कठिनाई उत्पन्न भइरहेकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको हो ।

आगामी दिनहरूमा पुनस् वर्षा भएमा हाल कलभर्टहरू निर्माणाधीन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारी साधन सञ्चालनमा थप कठिनाई हुने सम्भावना देखिएको भन्दै निर्देशनालयले कल्भर्टहरूको निर्माण कार्य सम्पन्न नहुन्जेल अबको करिब दुई महिना (२०८२ पौष १५ सम्म) यो सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी लिन पनि यात्रुहरुलाई अनुरोध छ।

निर्माणाधीन अवस्थामा रहेको सडकमा पानी परेपछि चिप्लो भएका कारण पछिल्लो तीन चार दिनदेखि सडकमा सवारी साधनको जाम लागेको प्रहरीले जनाएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow