अब निर्वाचन सर्ने कुरै छैन : प्रधानमन्त्री कार्की
काठमाडौं, २० माघ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबाट देशले निकास पाउने भएकाले तोकिएकै समयमा निर्वाचन गर्न आफू प्रतिबद्ध रहेको बताएकी छन् ।
पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा मंगलबार आयोजित राष्ट्रिय सेवादलको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अब निर्वाचन सर्ने कुरा नरहेको बताउँदै हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव गर्न तयारी गरिरहेको बताएकी हुन् ।
तर, हिमाली जिल्लामा हिमतपातका कारण अत्यधिक चिसो भएमा दोस्रो चरणमा पनि चुनाव गर्न सकिने प्रधानमन्त्रीले जिकिर गरिन् । त्यसका लागि गाडी चल्ने ठाउँमा मतदाता ओसारेर पनि निर्वाचन गर्नेबारे छलफल भइरहेको उनको भनाइ थियो।
‘अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने दोस्रो चरणमा हुन्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्।
What's Your Reaction?





