‘एक व्यवसायी, एक हजार’ राहत संकलन अभियानमा व्यवसायीहरूको साथ भदौ २६ गतेभित्र राहत कोषमा रकम जम्मा गर्न महासंघको आग्रह
२२ भदौ, काठमाडौं । हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले सञ्चालन गरेको ‘एक व्यवसायी, एक हजार’ राहत संकलन अभियानमा सुनचाँदी क्षेत्रका संघ–संस्था तथा व्यवसायीहरूले ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने क्रम जारी राखेका छन्।
महासंघले विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले अघि सारेको उक्त अभियानअन्तर्गत २०८३ भदौ २६ गतेभित्र महासंघको राहत कोषमा सहयोग रकम जम्मा गरिसक्न सम्पूर्ण व्यवसायी तथा संघ–संस्थालाई आग्रह गरेको छ।
हालसम्म विभिन्न संघ तथा व्यवसायीबाट प्राप्त सहयोगमध्ये विशेष रूपमा निम्न संघहरूको योगदान रहेको महासंघले जनाएको छ :
जनकपुरधाम सुनचाँदी व्यवसायी संघ
अध्यक्ष राजीव कुमार साह (चन्दन) लगायत सम्पूर्ण परिवारबाट रु. ३,०१,०००।–
चितवन सुनचाँदी व्यवसायी संघ, पूर्वी चितवन
अध्यक्ष विष्णु सुनार लगायत सम्पूर्ण परिवारबाट रु. १,०९,८३०।–
नेपाल सुनचाँदी, रत्न तथा आभूषण व्यवसायी संघ, रौतहट
अध्यक्ष उमेश प्रसाद साह लगायत सम्पूर्ण परिवारबाट रु. १,०५,०००।–
गलकोट सुनचाँदी व्यवसायी संघ, बागलुङ
अध्यक्ष राजेन्द्र घिमिरे लगायत सम्पूर्ण परिवारबाट रु. २०,०००।–
पाथीभरा सुनचाँदी व्यवसायी संघ, ताप्लेजुङ
अध्यक्ष गंगा शंकर लगायत सम्पूर्ण परिवारबाट रु. ४१,५००।–
यसैगरी, महासंघका केही पदाधिकारी तथा केन्द्रीय कार्यसमिति सदस्यहरूबाट समेत रु. ३ लाख सहयोग उपलब्ध भएको महासंघले जनाएको छ। अन्य पदाधिकारी तथा सदस्यहरूबाट सहयोग रकम प्राप्त हुने क्रम निरन्तर रहेको बताइएको छ।
महासंघको निर्णयअनुसार केन्द्रीय पदाधिकारीहरूको तर्फबाट न्यूनतम रु. २५,०००।– तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूको तर्फबाट न्यूनतम रु. १०,०००।– राहत कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।
महासंघले विपद्को यस कठिन परिस्थितिमा मानवीय सहयोगका लागि सम्पूर्ण सुनचाँदी, रत्न तथा आभूषण व्यवसायीहरूलाई अभियानमा सक्रिय सहभागिता जनाउँदै भदौ २६ गतेभित्र सहयोग रकम जम्मा गर्न आग्रह गरेको छ।
What's Your Reaction?





