एमालेको ११औँ महाधिवेशन: ‘मविरुद्ध कोही नउठ्ला, म निर्विरोध जित्छु भन्ने आशा छ’ - ओली

 0  18
एमालेको ११औँ महाधिवेशन: ‘मविरुद्ध कोही नउठ्ला, म निर्विरोध जित्छु भन्ने आशा छ’ - ओली

काठमाडौं, २५ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध कसैले उम्मेदवारी नदिने र आफू निर्विरोध अध्यक्ष बन्ने विश्वास व्यक्त गरेका छन्।

११औँ महाधिवेशनबारे बिहीबार सम्पादकहरुसँगको छलफलमा बोल्दै अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनमा आफू निर्विरोध अध्यक्ष बन्ने विश्वास व्यक्त गरेका हुन्।

‘मेरो उठ्ने, नउठ्ने भन्ने कुरा अहिले पनि के लाग्छ भने अलिकति परिस्थिति त्यस्तोतिर गइराखेको देख्दिनँ,’ ओलीले भने, ‘फेरि पनि अलिक आशा छ मलाई कि मेरोविरुद्ध कोही नउठ्ला। म निर्विरोध हुन्छु भने मेरो मूल्यांकन हो। त्यसो गर्दाखेरि राम्रो हुन्छ।’ उनले यसबारे भोलि बैठक बसेर टुंगिने पनि जानकारी गराए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow