काठमाडौँ उपत्यकासहित ३२ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम, तीन दिन विशेष सतर्क रहन आग्रह

 0  8
काठमाडौँ उपत्यकासहित ३२ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम, तीन दिन विशेष सतर्क रहन आग्रह

काठमाडौं, २९ असार — जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न साना नदी तथा खोलामा आकस्मिक बाढी (Flash Flood) आउने उच्च जोखिम रहेको भन्दै काठमाडौँ उपत्यकासहित ३२ जिल्लाका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार निरन्तर वर्षाका कारण साना नदी तथा खोलामा जलसतह अचानक बढ्न सक्ने भएकाले नदी किनार, तटीय क्षेत्र तथा डुबानको जोखिम रहेका स्थानमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ।

विभागले आवश्यक कामबाहेक अनावश्यक यात्रा नगर्न, नदी तथा खोलानजिक नजान र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना र निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

साथै, सम्भावित जोखिम न्यूनीकरणका लागि परिवार, आफन्त तथा समुदायमा समेत यो सूचना साझा गरी सबैलाई समयमै सचेत गराउन विभागले अनुरोध गरेको छ।

स्रोत : जल तथा मौसम विज्ञान विभाग

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow