कोरिया जान नपाएकाहरुले गरे ईपीएस शाखा घेराउ
काठमाडौं, २० कात्तिक । भाषा र सीप परीक्षा उत्तीर्ण गरेको दुई वर्ष बित्न लाग्दा समेत दक्षिण कोरिया जान नपाएको भन्दै बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस शाखा घेराउ गरिएको छ।
रोजगार अनुमति प्रणाली ईपीएसमार्फत भाषा परीक्षा उत्तीर्ण गरे पनि दक्षिण कोरिया पठाउन ढिलाइ गरेको भन्दै प्रदर्शनमा उत्रिएका उनीहरुले आफूहरूलाई कोरिया पठाउनुपर्ने माग गरेका छन् ।
सन् २०२५ का लागि १ लाख ६३ हजार जना परीक्षामा सहभागी भएका उनीहरूमध्ये १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । उनीहरूमध्ये अधिकांश हालसम्म करार सम्झौता समेत नभएका कारण दक्षिण कोरिया जान पाएका छैनन् ।
कोरियामा कामदार पठाउन थप विज्ञान र परीक्षा लिनुभन्दा पहिले पास गरेका कामदारहरुलाई कोरिया पठाउनुपर्ने उनीहरूको माग छ ।
What's Your Reaction?





