दशैँमा जुनसुकै कम्पनीको खाली सिलिन्डर दिँदा पनि ग्यास पाउने

 0  13
दशैँमा जुनसुकै कम्पनीको खाली सिलिन्डर दिँदा पनि ग्यास पाउने

काठमाडौं, २२ असोज । अब काठमाडौं उपत्यकाका उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट भरिएको ग्यास लिन पाउने भएका छन् ।

नजिकिँदै गरेको दशैँ, तिहारलगायतका चाँडपर्वलाई लक्षित गर्दै नेपाल आयल निगम, ग्यास उद्योगी बिक्रेता र सुरक्षा निकायको समन्वयमा ग्यास उद्योगीहरूले जुनसुकै कम्पनीको खाली ग्यास सिलिन्डर दिएर साट्न सक्ने व्यवस्था गर्न लागेका हुन् ।

एउटामात्र सिलिन्डर भएका उपभोक्ताले बजारमा ग्यास हुँदाहुँदै कम्पनी फरक परेकै कारण दु:ख पाउनु नपरोस् भनेर उक्त व्यवस्था गर्न लागिएको हो। यसका लागि उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow