धर्ना कार्यक्रममा भाषण गर्दै ढलेका जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन

 0  17
धर्ना कार्यक्रममा भाषण गर्दै ढलेका जिफन्ट उपाध्यक्ष कमल गौतमको निधन

काठमाडौं, १३ कात्तिक । धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला अचानक ढलेका नेपाल ट्रेड युनियन महासंघ जिफन्टका उपाध्यक्ष कमल गौतमको निधन भएको छ।

२०५४ सालदेखि जिफन्टमा सक्रिय रूपमा संलग्न रहेका ६५ वर्षीय गौतम भाषण गरिरहेका बेला अचानक ढलेका थिए। उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका गौतम केही आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले सरकारले उद्योगीलाई फसाएको आरोप लगाउँदै श्रमिक एकजुट भएर आन्दोलन गर्न आग्रह समेत गरेका थिए ।

रुपन्देहीका १३ उद्योगमा प्राधिकरणले गरेको बिजुली कटौतीको विरोधमा आयोजित धर्ना कार्यक्रममा बोल्दै उनले उद्योगीले नियमित रूपमा मासिक रूपमा विद्युत् महसुल तिर्दै आएकामा एक्कासि चार वर्षको बिल थमाउँदा उनीहरू पीडित भएको बताएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow