निर्वाचन आयोगले हर्क साम्पाङलाई स्पष्टीकरण सोध्दै

 0  27
निर्वाचन आयोगले हर्क साम्पाङलाई स्पष्टीकरण सोध्दै

काठमाडौं, १२ माघ । निर्वाचन आयोग श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई स्पष्टीकरण सोध्ने भएको छ।

निर्वाचनमा बालबालिका प्रयोग गरेको उजुरी परेपछि आयोगले साम्पाङलाई स्पष्टिकरण सोध्न लागेको हो। निर्वाचन आचार संहितालाई कडाइका साथ लागू गर्न लागेको आयोगले चुनावमा होमिएका र निर्वाचन आचार संहिता उल्लंघन गरेका विभिन्न दलका नेतालाई स्पष्टीकरण सोध्न लागेको हो।

आयोगले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। झापा–५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ता गर्दा उनी सरकारी गाडी चढेर सहभागी भएको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow