नेपाल सुनचाँदी व्यवसायी महासंघको वार्षिक साधारण सभा साउन १६ गते बुटवलमा हुँदै
०१ साउन, काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघको १३औँ र १४औँ संयुक्त वार्षिक साधारण सभा आगामी साउन १६ गते रुपन्देहीको बुटवलस्थित सिद्धार्थ कटेज, योगिकुटीमा आयोजना हुने भएको छ।
महासंघले सार्वजनिक गरेको जानकारीअनुसार वार्षिक साधारण सभामा देशभरका प्रदेश, जिल्ला तथा नगर संघ, वस्तुगत संघ, एसोसियट सदस्य, केन्द्रीय कार्यसमिति सदस्य तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ।
महासंघले सबै सम्बन्धित संघ–संस्था, पदाधिकारी तथा प्रतिनिधिहरूलाई कार्यक्रममा सक्रिय रूपमा सहभागी भई वार्षिक साधारण सभालाई सफल बनाउन आग्रह गरेको छ।
साधारण सभामा महासंघको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, आगामी कार्ययोजना तथा सुनचाँदी व्यवसायसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
महासंघको वार्षिक साधारण सभाले व्यवसायीहरूबीच आपसी समन्वय, संगठन सुदृढीकरण तथा सुनचाँदी व्यवसायका समसामयिक चुनौती र समाधानका विषयमा महत्वपूर्ण निर्णय गर्ने विश्वास गरिएको छ।
What's Your Reaction?





