पार्टी फुट्छ कि भनेर आशंका नगर्न कार्यकर्ताहरुलाई विश्वप्रकाशको आग्रह

 0  20
पार्टी फुट्छ कि भनेर आशंका नगर्न कार्यकर्ताहरुलाई विश्वप्रकाशको आग्रह

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी फुट्छ कि भनेर आशंका नगर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले निर्वाचनअघि राष्ट्रिय संकल्प गर्नुपर्ने, नभए विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने विकल्पमा कार्यसम्पादन समिति बैठकमा छलफल हुने जानकारी दिए ।

महामन्त्री शर्माले पार्टीभित्र एकताको विषयमा उठेका आशंकाहरू निराधार भएको भन्दै पार्टी फुट्छ कि भनेर आशंका नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले वर्तमान राष्ट्रिय परिस्थितिमा कांग्रेसले महाधिवेशनमार्फत नेतृत्व, नीति र दृष्टिकोण तय गर्दै अघि बढ्नुपर्ने आवश्यकताका आधारमा महाधिवेशनको मिति तय गरिएको भए पनि महाधिवेशन गर्न नसकिएको बताए। 

‘विधानको व्यवस्थाअनुसार कार्यक्रम गरेर जाँदा कांग्रेस फुट्दैन एक ढिक्का रहन्छ । कसैले आशंका नगरे हुन्छ,’ उनले भने, ‘म सबैलाई ढुक्क बनाउन चाहन्छु,पार्टी एक ढिक्का रहन्छ । अहिलेको अवस्थामा महाधिवेशन गरेर नयाँ नीति नेतृत्व चयन गरेर निर्वाचनमा जानुपर्थ्यो । हामीले मिति तय गर्‍यौँ, मिति मात्रै तय गरेर केही गरिएन ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow