बागमती अधिवेशन चैत्र २ गते हुने |
१५ चैत्र,काठमाडौँ | रिटर्नी फेडेरेसन नेपाल बागमती प्रदेशको दोश्रो अधिवेशन यही चैत्र २ गते शनिवार काठमाडौँमा हुने भएको छ | फाल्गुन २४ गते बुधबार फेडेरेसनको केन्द्रिय कार्यालयमा बसेको बागमती प्रदेश कमिटीको सचिवालय बैठकले सो निर्णय गरेको हो |
बैठकको निर्णय अनुसार अधिवेशन चैत्र २ गते शनिवारको दिन लर्ड पार्टी भेन्यु धुम्बाराही काठमाडौँमा बिहानको ठिक ११ बजे देखि सुरु हुने भएको छ |
बागमती प्रदेश भित्र रहेको प्रत्येक जिल्ला कमिटी बाट कमिटी गत रुपमा न्यूनतम ५ जना प्रतिनिधि सहभागिता रहने छन् भने सदस्यता सङ्ख्याको आधारमा प्रत्येक ५० जना सदस्य बराबर १ जना प्रतिनिधि थप रहने निर्णय गरिएको छ |
अधिवेशनमा रिटर्नीहरुको भावना, बेदना र समस्यालाई समेटी तयार पारिएको रिटर्नी गीतिको विमोचन गरिने छन् भने बागमती प्रदेश भित्रका ३ जना उधमिहरुलाई प्रतिस्पर्धाको आधारमा सम्मान पनि गरिने छन् |
बैठकमा रिटर्नी फेडेरेसन नेपाल केन्द्रिय कमिटी इन्चार्ज डाक्टर कृष्ण केसी , केन्द्रिय अध्यक्ष उत्तम अधिकारी, बागमती इन्चार्ज कृष्ण घोरासैनी ,
बागमती प्रदेश उपाध्यक्ष रामेश्वर गोपाली , उपसचिव एकराज उपाध्य ,कोषध्यक्ष दुर्गादास श्रेष्ठ ,सदस्य उमेश भुसाल लगायतको उपस्थिति रहेको थियो | बैठकको सञ्चालन सचिव ओम चेम्जोङले गरेका थिए भने बैठक प्रदेश अध्यक्ष हेम राईको अध्यक्षतामा बसेको थियो |
What's Your Reaction?





