बुधबार मोहम्मद जयन्ती, मुस्लिम समुदायलाई मात्र बिदा

 0  9
बुधबार मोहम्मद जयन्ती, मुस्लिम समुदायलाई मात्र बिदा

काठमाडौं, ९ भदौ । भदौ १० गते परेको मोहम्मद जयन्तीको अवसरमा सरकारले मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै भोलि भदौ १० गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको मन्त्रालयले जनाएको हो।

मन्त्रालयले मोहम्मद जयन्तीका अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीलाई शुभकामनासमेत व्यक्त गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow