भक्तपुरमा दिदीबहिनी मृतावस्थामा फेला

 0  32
भक्तपुरमा दिदीबहिनी मृतावस्थामा फेला

भक्तपुर, ८ साउन।  भक्तपुरमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन् । बिहीबार बिहान करिब ७ बजेतिर मध्यपुर थिमि नगरपालिका ८ बोडे सिन्टीटारमा दिदीबहिनी मृत फेला परेका हुन्।

स्थानीय निरज चक्रधरको दुई तले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएर मृतावस्थामा फेला परेका हुन् । मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए ।

घरधनीका अनुसार दुई साताअघिमात्र ती किशोरीहरु डेरामा बस्न आएका थिए । उनीहरुका आमाबाबु भारतको मुम्बईमा छन्। उनीहरू १०/१५ वर्षदेखि नै भारतमा काम गर्दै आएका थिए। आमाबाबुसँगै भारतमै बस्दै आएका मेनुका र सिर्जना  करिब १५/२० दिनअघि मुम्बईबाट भागेर नेपाल आएको खुलेको छ ।   

मृतकको आफन्त सम्पर्कमा आइनसकेकाले उनीहरु आएपछि घटनास्थलको मुचुल्का हुने प्रनाउ ढुङ्गानाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow