राजनीतिमा जुट्ने र फुट्ने काम भइरहन्छ : कांग्रेस उपसभापति गुरुङ
काठमाडौं, १३ पुस । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले काठमाडौं महानगरका प्रमुख बालेन साह र रास्वपा सभापति रवि लामिछानेबीच भएको सहमति राजनीतिमा कुनै अनौठो नरहेको बताएका छन् ।
उपसभापति गुरुङले राजनीतिमा जुट्ने र फुट्ने प्रक्रिया स्वाभाविक भएको हुँदा कांग्रेसले यस्ता राजनीतिक घटनालाई गम्भीर रूपमा लिन आवश्यक नरहेको बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजनीतिमा सबैखाले चुनौती आउने भन्दै कांग्रेसले हरेक चुनौतीको सामना गरेर आएको दाबी गरे ।
‘बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन । को-को मिल्छन्, को-को जुट्छन्, को-को फुट्छन् रु राजनीतिक यात्रामा यो भइरहने हो । त्यसकारण यो अनौठो मान्नुपर्दैन । राजनीतिमा सबै चुनौतीहरू हुन्छन् । राजनीति सरल ढंगबाट अघि बढ्दैन । राजनीति भनेको चुनौती हो । हरेक चुनौतीको सामना गर्न तयार भएको कांग्रेसले राणाकालीन चुनौति, पञ्चायती चुनौती फेस गरेको कारणले अब अहिले आएर को(को मिल्छन् त्यसलाई खासै गम्भीर ढंगले लिएको छैन ।’
What's Your Reaction?





