रातो नम्बर प्लेटका बाइक–स्कुटरबाट राइड सेयरिङ सेवा दिन नपाइने

 0  14
रातो नम्बर प्लेटका बाइक–स्कुटरबाट राइड सेयरिङ सेवा दिन नपाइने

१७ जेठ , काठमाडौं । अब रातो नम्बर प्लेटका दुई पाङ्ग्रे सवारी साधनले यात्रु बोक्न नपाउने भएका छन् । सरकारले ल्याएको नयाँ आर्थिक ऐन तथा यातायात व्यवस्था ऐन, २०४९ को व्यवस्थाअनुसार रातो नम्बर प्लेट भएका मोटरसाइकल तथा स्कुटरले राइड सेयरिङ सेवा सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको हो ।

नयाँ नियमअनुसार राइड सेयरिङ सेवामा प्रयोग हुने दुई पाङ्ग्रे सवारी साधनलाई भाडाका सवारी साधनका रूपमा दर्ता गर्नुपर्नेछ । त्यसपछि त्यस्ता सवारी साधनलाई अनिवार्य रूपमा कालो नम्बर प्लेट प्रदान गरिनेछ ।

यसरी व्यवसायिक रूपमा दर्ता भएर राइड सेयरिङ सेवा सञ्चालन गर्ने सवारी साधनले वार्षिक ३ हजार रुपैयाँ आयकर तिर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, राइड सेयरिङमार्फत हुने प्रत्येक कारोबारमा ५ प्रतिशत कर लाग्ने व्यवस्था पनि गरिएको छ ।

हालसम्म रातो नम्बर प्लेटकै सवारी साधनमार्फत सञ्चालन हुँदै आएको राइड सेयरिङ सेवालाई कानुनी तथा करको दायरामा ल्याउन सरकारले यस्तो कदम चालेको हो । यो व्यवस्थासँगै राइड सेयरिङ सेवा थप व्यवस्थित, नियमनयुक्त र कर प्रणालीभित्र आउने अपेक्षा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow