रास्वपाको महाधिवेशन नजिकिँदै : सभापति पदमा रवि लामिछाने र भुपदेव शाहबीच प्रतिस्पर्धाको चर्चा

 0  12
रास्वपाको महाधिवेशन नजिकिँदै : सभापति पदमा रवि लामिछाने र भुपदेव शाहबीच प्रतिस्पर्धाको चर्चा

१० बैसाख | काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र नेतृत्व प्रतिस्पर्धाको चर्चा सुरु भएको छ। विशेषगरी सभापति पदका लागि वर्तमान सभापति रवि लामिछाने र पार्टी महामन्त्री भुपदेव शाहबीच प्रतिस्पर्धा हुन सक्ने विषयले राजनीतिक वृत्तमा चासो बढाएको छ।

पार्टी स्रोतका अनुसार, प्रधानमन्त्री बालेन शाह निकट मानिने महामन्त्री भुपदेव शाहलाई सभापतिको उम्मेदवारका रूपमा अघि सार्ने तयारी पार्टीभित्रको एक समूहले गरिरहेको छ। उक्त समूहले आगामी नेतृत्व परिवर्तनमार्फत पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने रणनीति बनाइरहेको बताइएको छ।

यद्यपि, यो तयारीले औपचारिक रूप लिने वा नलिने विषयमा भने पार्टीभित्र अझै स्पष्टता देखिएको छैन। रास्वपाका केही नेताहरूले हालको अवस्था हेर्दा सभापति पदमा प्रत्यक्ष प्रतिस्पर्धा हुने सम्भावना कमजोर रहेको बताएका छन्।

प्रधानमन्त्री बालेन शाह र सभापति रवि लामिछानेबीच यसअघि नै “सरकार बालेन शाहले चलाउने र पार्टी रवि लामिछानेले नेतृत्व गर्ने” समझदारी बनेको चर्चा पार्टीभित्र हुँदै आएको छ। यही कारण बालेन निकट समूहले प्रत्यक्ष रूपमा पार्टी नेतृत्व प्रतिस्पर्धामा चासो नदेखाउने बुझाइ कतिपय नेताहरूको छ।

रास्वपाको आगामी महाधिवेशनले पार्टीको भावी नेतृत्व, संगठनात्मक दिशा तथा राष्ट्रिय राजनीतिमा यसको भूमिकालाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow