रिटर्नीहरुको अब आफ्नै पब्लिक कम्पनी !
पुस १४ गते ।
विदेशबाट फर्किएका अनि आफ्नै देशमा केही गरौँ भनी हुटहुटी भएका रिटर्नीहरुको अब आफ्नै पब्लिक कम्पनी हुने भएको छ | लामो समयको सोच अनि छलफल द्वारा सो निर्णयमा रिटर्नीहरु पुगेका हुन् |
प्रात जानकारी अनुसार यही पौष १५ गते काठमाडौँको ग्रीन लिफ क्याफे पुतलिसडकमा दिनको ठिक १ बजे रिटर्नीहरुको एक वृहत भेला मार्फत पब्लिक कम्पनीको घोषणा गरिनेछ |
सो भेला मार्फत कम्पनीमा लगानी गर्न इच्छुक ब्याक्तिहरुबाट आफूले लगानी गर्न चाहिएको रकमको बारेमा सो-घोषणा गरि कम्पनी स्थापना ,दर्ता आदि कार्यको लागि प्रति ब्याक्ति- ५००० जम्मा गर्नु पर्ने आयोजकले बताए |
कम्पनीको सुरुवातको अवस्थामा एक लाख देखि माथि २० लाख सम्मको रकम सङ्कलन गरिने जसलाई संस्थापक वा प्रोमोटर शेयरको रुपमा अगाडि बढाउने र सम्पूर्ण कम्पनीको प्रक्रिया पुरा गरि करिब २ वर्ष पछि साधारण शेयर जारी गरि सम्पूर्ण रिटर्नीहरुलाइ कम्पनीमा समेटिने रिटर्नी उधम्सिलता विभागको योजना रहेको छ |
हाललाई करिब ७ जनाको सञ्चालक समिति रहने साथै सञ्चालक समितिमा रहनको लागि न्यूनतम पाच लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिद गर्नु पर्ने विभागले बताए ||
मुख्य रुपमा कम्पनीमा सङ्कलित रकम रिटर्नीहरु द्वारा सञ्चालित व्यवसाय ,योजना एवं कम्पनीहरूमा लगानी गरी अधिकतम रिटर्नीहरुलाई लावन्वित गराउने बिभाग को सोचाइ रहेको छ |
एन.आर.एन. आप्रवासी नेपाली लगायत इच्छुक लगानीकर्ताहरू सम्पूर्णलाई लगानीको लागि आयोजक उधम्सिलता विभागले आव्हान गरेको छ
What's Your Reaction?