रेशम चौधरी पक्राउ

 0  35
रेशम चौधरी पक्राउ

काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । आज नाउपा र जनमत पार्टीको एकता सभा गर्ने तयारी गरिरहेकै बेला कमलादीबाट प्रहरीले चौधरीलाई पक्राउ गरेको काठमाडौं प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीले बताए । 

टीकापुर घटनापछि पाँच वर्ष सजाय भोगेका चौधरीलाई गणतन्त्र दिवसको दिन गत जेठ १५ गते आममाफी दिइएको थियो । आममाफी पाएर रिहा भएका रेशमविरुद्ध टीकापुर घटनाकी पीडित शारदा कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । सर्वोच्च अदालतको रिट तथा मुद्दा महाशाखाले आज बुधबार उक्त फैसलाको पूर्ण पाठसहित पत्र पठाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको हो।

चौधरी संरक्षक रहेको नाउपा र जनमत पार्टीबिच आज पार्टी एकता घोषणा गर्ने तयारी गरिएको थियो । चौधरीको पक्राउसँगै एकता घोषणा गर्ने कार्यक्रम बिथोलिएको छ । पाँच वर्ष ३ महिना जेल सजाय भुक्तान गरेका चौधरी २०८० जेठ १५ गते आममाफी पाएपछि रिहा भएका थिए । २०७२ साल भदौ ७ गते टीकापुर घटना हुँदा नाबालकसहित आठ जनाको ज्यान गएको थियो ।  (गोरखापत्र अनलाइन)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow