वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क ह्वातै बढाएको भन्दै व्यवसायी एशोसिएसनको आपत्ति

 0  19
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क ह्वातै बढाएको भन्दै व्यवसायी एशोसिएसनको आपत्ति

काठमाडौं, १२ मंसिर । सरकारले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकोमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले आपत्ति जनाएको छ।

एशोसियसनले आज एक विज्ञप्ति जारी गर्दैवैदेशिक रोजगारमा जाने कामदारका लागि एकैपटक ठूलो भार पर्ने गरी स्वास्थ्य शुल्क बढाएकामा आपत्ति जनाएको हो। 

नेपालमा हुने स्वास्थ्य परीक्षण केबल श्रम स्वीकृतिको कानुनी प्रक्रिया पूरा गर्ने औपचारिकता मात्रै भएकाले एशोसियसनले विपन्न अवस्थामा रहेका कामदारमाथि आर्थिक भार हुने गरी गरिएको स्वास्थ्य परीक्षण शुल्क वृद्धि तत्काल फिर्ता लिन आग्रह समेत गरेको छ। 

गन्तव्य मुलुकले नेपालमा गरिने स्वास्थ्य परीक्षणको विश्वास नगरी आफ्नो मुलुकको मापदण्डअनुसार स्वास्थ्यपरीक्षण गराउने गरेको अवस्थामा नेपालमा परीक्षणका लागि शुल्क बढाउनु राम्रो नभएको एशोसियसनले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सरकारले मङ्सिर १० गतेदेखि लागू हुने गरी स्वास्थ्य परीक्षण शुल्क युएई मुलुकको हकमा रु.४ हजार ५०० बाट दोब्बर बढाएर रु.९ हजार ५०० र अन्य मुलुकको हकमा रु.६ हजार ५०० बाट रु.९ हजार ५०० पुर्‍याएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow