२० लाख नगद धरौटीमा रिहा भए पूर्वसभामुख महरा
काठमाडौं, १२ मंसिर । पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा भएका छन् । उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश गरेपछि महरा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
सुन तस्करी प्रकरणमा मुछिएका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गत असोज २६ गते पक्राउ गरेको थियो ।
असोज २९ गते जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि त्यसविरुद्ध महरा उच्च अदालत पुगेका थिए ।
What's Your Reaction?





