शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन
मानव बेचबिखनविरुद्धकी अभियन्ता तथा शक्ति समूहकी संस्थापक सुनिता दनुवारको ४७ वर्षको उमेरमा निधन भएको छ।
आज बिहान जोरपाटीस्थित आफ्नै निवासमा सुतेकै स्थानमा उनी मृत फेला परेकी थिइन्।
सुनिता दनुवार नेपालकी एक प्रतिष्ठित मानव अधिकारकर्मी र मानव बेचबिखनविरुद्धकी अभियन्ता थिइन्। उनी शक्ति समूहकी संस्थापक हुन्, जसले मानव बेचबिखन प्रभावित व्यक्तिहरूलाई सहयोग पुर्याउने काम गर्छ।
दनुवार आफैं मानव बेचबिखनबाट पीडित भई उद्धारपछि बेचबिखनविरुद्धको अभियानमा सक्रिय भएकी थिइन्। उनले २०५६ सालमा चरिमाया तामाङसहित बम्बैबाट उद्धार गरी नेपाल ल्याएपछि बेचबिखन प्रभावित महिलाहरुको अगुवाइमा शक्ति समूह स्थापना गरेकी थिइन्।
सुनिता आफैं मानव बेचबिखनबाट प्रभावित भएकी थिइन्। उनलाई कम उमेरमै भारतको बम्बईमा बेचिएको थियो, जहाँ उनीलाई योंन व्यवसायमा बाध्य पारिएकी थिइन्।
१९९६ मा भारतीय प्रहरीद्वारा उद्धार भएपछि उनी नेपाल फर्किइन् र समान परिस्थितिमा परेका महिलाको जीवन सुधार गर्न शक्ति समूह स्थापना गरिन्।
शक्ति समूह विश्वकै पहिलो मानव बेचबिखन पीडितहरूले स्थापना गरेको संस्था हो।
उनको योगदानलाई कदर गर्दै अमेरिकाको फर्च्युन म्यागेजिनले उनलाई विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो। साथै अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा उनलाई 'टिप हिरो' को रूपमा सम्मान गरेको थियो।
दनुवारको निधनले मानव बेचबिखनविरुद्धको अभियानमा ठूलो क्षति पुगेको छ। उनको योगदान सधैं सम्झनामा रहनेछ।
What's Your Reaction?





