शरीरमा पेट्रोल छर्केर आगो लगाएका गणेश नेपालीको निधन

 0  7
शरीरमा पेट्रोल छर्केर आगो लगाएका गणेश नेपालीको निधन

काठमाडौं, २६ असार । बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ ।

मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका गणेशको वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचार भइरहेको थियो । शुक्रबार बिहान ११ बजेर १९ मिनेटमा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

गणेशको निधनको खबर बाहिरिएपछि अहिले वीर अस्पताल परिसरमा गणेशका आफन्तलगायत सर्वसाधारणहरू भेला हुन थालेपछि अस्पताल परिसरमा प्रहरीहरु तैनाथ गरिएको छ ।

गणेशका दाजु मदनले काठमाडौं महानगरका प्रहरीले अनावश्यक दुःख दिँदा घटना भएको आरोप लगाएका छन्।

स्थानीय प्रत्यक्षदर्शीले पनि गणेशले यात्रु ओराल्न रोकेको मोटरसाइकलमा महानगर प्रहरीले ‘ह्विल लक’ गरेपछि उनी आवेशमा आएर आफ्नै जिउमा आगो लगाएको बताएका छन्।

त्यस क्रममा महानगर प्रहरीसँग गणेशको केहीबेर भनाभनसमेत भएको थियो। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow