शिक्षक महासंघले भदौदेखि फेरि आन्दोलन गर्ने
काठमाडौं, २२ साउन । सरकारले आफ्ना मागहरु पूरा नगरेको भन्दै नेपाल शिक्षक महासंघले भदौबाट आन्दोलन गर्ने निर्णय गरेको छ।
महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै तेस्रो राष्ट्रिय परिषद्को बैठकले भदौबाट आन्दोलन गर्ने निर्णय गरेको जानकारी दिएको हो । परिषद् बैठकले आगामी भदौबाट आन्दोलन गर्ने लगायतका १५ बुँदे निर्णय सार्वजनिक गरेको छ ।
आन्दोलनको मिति र कार्यक्रम तय गर्ने अधिकार परिषद्बाट विस्तारित कार्यादलीय बैठकलाई प्रत्यायोजित गरिएको महासंघले जनाएको छ ।
What's Your Reaction?





