समस्याग्रस्त सहकारीका ३७८ जना साना बचतकर्ताले पाए रकम फिर्ता
काठमाडौं, ५ जेठ । सरकारले समस्याग्रस्त सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पहिलो दिन कान्तिपुर सहकारी, शिव शिखर सहकारी र पशुपति सहकारीका ३७८ जनाको बचत फिर्ता गरेको हो।
समितिका अनुसार कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारीका ७ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो । समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता छन् ।
५ लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र ५ लाखभन्दा बढी रकम भएका बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये ५ लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ।
समितिका अनुसार हिजो पहिलो दिन थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिए पनि अब क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिने छ ।
What's Your Reaction?





