सशस्त्र प्रहरीमा राजीनामा, रवाना र बिदा बन्द

 0  18
सशस्त्र प्रहरीमा राजीनामा, रवाना र बिदा बन्द

काठमाडौं, २० माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बलले आफ्ना सम्पूर्ण कार्यालयमा खटिएका कर्मचारीलाई राजीनामा, रवाना र बिदा बन्द गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ बमोजिम सशस्त्र प्रहरी बल नेपालको अधिकतम जनशक्ति निर्वाचनमा परिचालन गर्नुपर्ने भएकाले माघ १९ गतेदेखि राजीनामा, रवाना र बिदा बन्द गरिएको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

निर्वाचन अवधिभर सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीको राजीनामा स्वीकृत नगर्ने, अन्यत्र कार्यालयमा जानको लागि रबाना नगर्ने तथा अति आवश्यक बाहेक बिदा स्वीकृत नगर्न तथा नगराउन सम्पूर्ण कार्यालयलाई परिपत्र समेत गरिएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow