सिक्री लुटेर भाग्दै गरेका युवकलाई प्रहरीले गोली हानि पक्राउ

 0  7
सिक्री लुटेर भाग्दै गरेका युवकलाई प्रहरीले गोली हानि पक्राउ

१७ श्रावन, काठमाडौं | काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल क्षेत्रमा सुनको सिक्री लुटेर फरार हुने प्रयास गरेका एक युवकलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार शनिबार राति करिब १०:२५ बजे सिक्री लुटेर भाग्दै गरेका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा तीन राउन्ड गोली चलाइएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दान बहादुर थापाका अनुसार प्रारम्भमा प्रहरीले हवाई फायर गरेर आत्मसमर्पण गराउन प्रयास गरेको थियो। तर तामाङले प्रहरीमाथि नै खुकुरी प्रहार गर्ने प्रयास गरेपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले उनको घुँडामुनि गोली प्रहार गरेको जनाएको छ।

घाइते तामाङलाई तत्काल उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएको छ।

घटनास्थलबाट प्रहरीले लुटपाटमा प्रयोग भएको खुकुरी समेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow