सिथि नखः पर्व : पानीका मुहान सरसफाइ र वातावरण संरक्षणको सन्देश

 0  8
सिथि नखः पर्व : पानीका मुहान सरसफाइ र वातावरण संरक्षणको सन्देश

काठमाडौं | नेवा: सभ्यता र संस्कारअनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन सिथि नखः पर्व मनाइन्छ। वर्षायामको आगमनसँगै मनाइने यो पर्व पानीका मुहानहरूको संरक्षण, सरसफाइ र वातावरणीय सचेतनासँग प्रत्यक्ष रूपमा जोडिएको छ।

आकाश बादलले ढाकिन थालेको र वर्षायाम नजिकिँदै गएको यस समयमा पानीको शुद्धता तथा स्रोतहरूको संरक्षण विशेष महत्त्वको विषय बन्छ। यही उद्देश्यलाई आत्मसात गर्दै नेवार समुदायले परम्परागत रूपमा इनार, कुवा, पोखरी, ढुंगेधारा तथा अन्य पानीका मुहानहरूको सरसफाइ गर्ने चलनलाई सिथि नखः पर्वसँग जोड्दै आएको छ।

काठमाडौं उपत्यका मन्दिरहरूको सहरका रूपमा परिचित भएजस्तै पाटी–पौवा, पोखरी, इनार, कुवा र ढुंगेधाराहरूको सहरका रूपमा पनि चिनिन्छ। यी ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा सिथि नखः पर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

परम्परा र वातावरणीय चेतनाको सुन्दर संयोजन मानिने सिथि नखःले समुदायलाई पानीका स्रोतहरूको संरक्षण, सरसफाइ र दिगो उपयोगबारे सचेत गराउने सन्देश दिँदै आएको छ। आज पनि उपत्यकाका विभिन्न स्थानमा स्थानीय बासिन्दाहरू सामूहिक रूपमा पानीका मुहान सफा गर्दै यो पर्व मनाउने गर्दछन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow