सुतिरहेको बेला पहिरो खस्दा आमाको मृत्यु, छोरी र नातिनी घाइते

 0  10
सुतिरहेको बेला पहिरो खस्दा आमाको मृत्यु, छोरी र नातिनी घाइते

जाजरकोट, २९ असार । गएराति परेको अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा जाजरकोटमा एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार राति सुतिरहेको बेला भेरी नगरपालिका–२ राङसीमा घरमाथिबाट खसेको पहिरोले पुरिँदा  ६० वर्षीया जयशिला शाहको मृत्यु हुनुका साथै मृतक शाहकी ४० वर्षीया छोरी मेनुका शाह थापा र ७ वर्षीया नातिनी टिका थापा सामान्य घाइते भएका छन्।

घाइते दुवै जनालाई स्थानीयवासी र प्रहरी टोलीले उद्धार गरी उपचारका लागि अस्ताल पठाएका प्रहरीले जनाएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow