सुनको मूल्य बढ्ने क्रम जारी, तोलाको साढे २ लाख नाघ्यो

 0  60
सुनको मूल्य बढ्ने क्रम जारी, तोलाको साढे २ लाख नाघ्यो

काठमाडौं, ३० असोज । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा वृद्धि भएर २ लाख ५० हजार नाघ्दै नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँ मूल्य बढेर सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनहरुमा निरन्तर रेकर्ड ब्रेक गर्दै बढेको सुनको मूल्यले बिहीबार नयाँ उचाई कायम गरेको हो ।

सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३५ रुपैयाँ बढेर आज चाँदी ३ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow