सुनचाँदीको मूल्य निरन्तर उकालो लाग्दै
काठमाडौं, ७ साउन । आज छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मङ्गलबार बजारमा छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला छ दिनदेखि सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ ।
चाँदीको मूल्यले पनि निरन्तर नयाँ रेकर्ड कायम गर्दै छ । चाँदी तोलामा ३० रुपैयाँले बढेर ऐतिहासिक उचाइ कायम गरेको हो । आज बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार बजारमा चाँदी प्रतितोला दुई हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।
What's Your Reaction?





