सुन र चाँदीको मूल्यमा भारी गिरावट, कति पुग्यो तोलाको ?

 0  34
सुन र चाँदीको मूल्यमा भारी गिरावट, कति पुग्यो तोलाको ?

काठमाडौं, ५ चैत । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य ह्वात्तै घटेको छ । बुधबार तोलामा २ हजार २ सय रुपैयाँ घटेको सुन आज बिहीबार पनि ५ हजार ४ सय रुपैयाँले घटेर सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँमा झरेको छ । हिजो र आज गरेर सुनको मूल्य तोलामा ७ हजार ६ सय रुपैयाँ घटेको छ।

सुनसँगै आज चाँदी पनि तोलामा १४० रुपैयाँ घटेर ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार पनि चाँदी तोलामा १८५ रुपैयाँ घटेको थियो। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow