१४४ वर्षपछि आयोजना भइरहेको महाकुम्भ मेला ( तस्बिर सहित )
यसपालिको महाकुम्भ मेला १४४ वर्षपछि आयोजना भइरहेकोले यो जीवनमा एकपटक मात्र आउने अवसर मानिन्छ। यस अवसरमा विश्वभरिका श्रद्धालुहरू भारतको प्रयागराजमा भेला भएर धार्मिक अनुष्ठानहरूमा सहभागी हुनेछन ।
महाकुम्भ मेलाको पवित्र नदीमा स्नान गर्दा जन्मजन्मान्तरका पापहरूबाट मुक्ति मिल्ने र मोक्ष प्राप्त हुने विश्वास रहेको छ। विशेषगरी शाही स्नानलाई अत्यन्तै पुण्य मानिन्छ, जसमा साधुसन्तहरूको विशेष सहभागिता रहने गर्दछन् ।
यस पटकको महाकुम्भ मेला विभिन्न धार्मिक समूह र साधुसन्तहरूले भरिएको छ। नागा साधुसंन्यासी र विभिन्न योगी , प्रमुख धार्मिक व्यक्तित्वहरू सम्प्रदायका गुरु र धर्मगुरु, धार्मिक संघ-संगठनका प्रमुख ,एवं सरकारी अधिकारीहरूको ठुलो सङ्ख्यामा उपस्थिति रहेको छ |
अमेरिका, युरोप, र अन्य देशबाट आएका हिन्दु धर्मावलम्बी र भारतीय मूलका प्रवासी , सर्वसाधारण तीर्थयात्रीहरू र विश्वभरका श्रद्धालुहरू परिवार र समूहमा कुम्भ मेलाको पवित्र स्नान र धार्मिक कर्म गर्न आउने गर्दछन् |
त्यसै गरि कुम्भ मेलामा चर्चित ब्याक्तिव , बलिउड कलाकारहरूको पनि ठुलो मात्रामा उपस्थिति रहेको छ !
What's Your Reaction?





