महासंघको कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले भने, 'निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग केही संवाद भइसकेको छ'

 0  3
महासंघको कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले भने, 'निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग केही संवाद भइसकेको छ'

काठमाडौं, २४ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ ।

महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानअनुसार अञ्जन श्रेष्ठ महासंघको नवनिर्वाचित अध्यक्ष बनेका हुन् । अध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा आज आयोजित कार्यक्रममा पद हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष श्रेष्ठसँगै निर्वाचित पदाधिकारीहरुले पनि कार्यभार सम्हालेका छन् । पदबहाली गर्दै अध्यक्ष श्रेष्ठले नयाँ सरकारसँग केही संवाद भइसकेको र निजी क्षेत्रको मनोबल बढाउन रणनीतिक प्रस्ताव पनि गरिएको बताए ।

सरकारले निजी क्षेत्रमैत्री व्यवसायको वातावरण बनाउन करका दर घटाउने, विभिन्न झन्झटिला कानुनदेखि राजस्व अनुसन्धान विभाग खारेज गरिसकेको उनले स्मरण गरे । अझै बाँकी समस्या समाधानका निम्ति अग्रसर रहेको सरकारले आश्वासन दिएको उनले सुनाए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow