अब क्यूएफएक्स हलमा साना बालबालिका लग्न नपाईने

 0  38
अब क्यूएफएक्स हलमा साना बालबालिका लग्न नपाईने

काठमाडौं, २ माघ । अब २.५ फीट भन्दा मुनिको बालबालिकाले क्यूएफएक्सका हलमा प्रवेश नपाउने भएका छन् ।

साना बालबालिकाको स्वास्थ्य र हलभित्रको मनोरञ्जनको वातावरणलाई ख्याल गरेर क्यूएफएक्सको हलमा साढे २ फिटभन्दा साना बालबालिका प्रवेशमा रोक लगाइएको हो । क्यूएफएक्स सिनेमाजले बुधबार एक सूचना सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

यसअघि भने साना बालबालिकाले हलभित्र निःशुल्क प्रवेश पाउने गरेका थिए । सो उचाइभन्दा अग्ला वृद्धदेखि बालकसम्मका दर्शकलाई भने तोकिएको टिकट दर लागू हुने जनाइएको छ । ‘२.५ फिटभन्दा मुनिको बालबालिकालाई सिनेमाघर भित्र प्रवेश निषेध गरिएको छ’ क्यूएफएक्सले भनेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow