आमिर खान तेस्रो विवाहको तयारीमा, गौरी स्प्राट्टसँग ५ जुलाईमा विवाह गर्ने चर्चा

 0  16
आमिर खान तेस्रो विवाहको तयारीमा, गौरी स्प्राट्टसँग ५ जुलाईमा विवाह गर्ने चर्चा

२१ जेठ, भारत । बलिउड अभिनेता आमिर खान तेस्रो पटक विवाह गर्ने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । रिपोर्टका अनुसार उनले बेंगलुरुकी ४८ वर्षीया गौरी स्प्राट्टसँग आगामी ५ जुलाईमा विवाह गर्न लागेका हुन् ।

आमिर र गौरी पछिल्लो दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । गत वर्ष १४ मार्चमा आफ्नो ६०औँ जन्मदिनको अवसरमा आमिरले गौरीलाई आफ्नो ‘पार्टनर’का रूपमा चिनाएका थिए ।

गौरी सात वर्षका छोराकी आमा हुन् । आमिर र गौरीबीच करिब २५ वर्षदेखि चिनजान रहेको बताइएको छ । बेलायतमा जन्मेकी गौरीका हजुरबा फिलिप स्प्राट्ट सन् १९२० मा भारत आएका थिए । कम्युनिष्ट पृष्ठभूमिका उनी पछि भारतको स्वतन्त्रता आन्दोलनमा समेत सहभागी भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow