ओमप्रकाश गोयलको सम्मान देशले नै गर्नुपर्छ : सञ्चारमन्त्री खरेल

 0  23
ओमप्रकाश गोयलको सम्मान देशले नै गर्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं, ९ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेका छन् ।

हुलाक सेवा विभागद्वारा आयोजित एक कार्यक्रमबीच गोयलको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेर सरकारले गोयलको नाममा हुलाक टिकट सार्वजनिक गरेको हो । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खरेलले गोयलको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नु ऐतिहासिक भएको बताएका छन् ।

समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको सम्मान देशले नै गर्नुपर्ने भन्दै मन्त्री खरेलले भने, ‘अध्यात्मले भौतिक शरीर रहँदैन आत्मा सधैं रहन्छ भन्छ, मान्छे कर्मले सधैँ अमर रहन्छ। आज ओमप्रकाश गोयल अमर हुनुभयो । हाम्रो यो हुलाक टिकट मार्फत । हुलाक टिकट ऐतिहासिक छ । यसले नेपाल र नेपालीमाझ यसले सधैँ अमर बनाइरहने नै छ ।’

टाँचा प्रदान कार्यक्रममा उपसभामुख इन्दिरा रानालगायतको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow