खास जेनजीहरूको माग एमालेले नै सम्बोधन गर्छ : महेश बस्नेत

 0  15
खास जेनजीहरूको माग एमालेले नै सम्बोधन गर्छ : महेश बस्नेत

काठमाडौं, ५ मंसिर । एमाले नेता महेश बस्नेतले नेकपा एमालेले नै खास जेनजीहरूका माग सम्बोधन गर्ने दाबी गरेका छन् ।

एमालेले आज नेसनल भोलेन्टियर फोर्सको केन्द्रीय कमान्ड घोषणा गर्न राखेको कार्यक्रममा सहभागी हुन् बबरमहल पुगेका नेता बस्नेतले आफूहरु खास जेनजीसँग सम्पर्क मै रहेको बताउँदै उनीहरूका नाम र ब्यानर भजाएर अरु खालका तत्वहरू सक्रिय रहेको दाबी गरेका छन् ।

उनले खास जेनजीहरूका माग सम्बोधन एमाले नै गर्ने दाबी गर्दै जेनजी आन्दोलनका घाइते र शहीदहरूलाई न्याय दिन पनि प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताए ।

अब राष्ट्रिय सम्पत्ति जलाउने तोडफोड गर्ने काम हुँदा आफूहरु टुलुटुलु हेरेर नबस्ने भन्दै नेता बस्नेतले पालिका, वडा र टोलटोलमा सुरक्षा दिनका लागि फोर्स बनाउन लागिएको जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओलीले आज फोर्सको केन्द्रीय कमाण्ड घोषणा गर्दैछन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow