जेनजीका नाममा यो सरकार मलाई थुन्ने प्रयासमा छ : केपी ओली
काठमाडौं, ३१ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजीको मागका नाममा सरकारले आफूलाई थुन्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफूलाई जसरी हुन्छ थुन्ने प्रयास गरिरहेको दाबी गरेका हुन् ।
'हिजो जेनजीहरूले मान्दै मानेनन्, केपी ओलीलाई त जसरी पनि थुन्नुपर्छ भनेर सरकार निरन्तर प्रयासमा छ, केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर गृहमन्त्रीले सल्लाह र छलफल गर्नुभयो। कहीँकतै केही भेटिएन।'
बैठकमा उठेका प्रश्नको जवाफ दिनेक्रममा उनले भने, 'जेनजीले यो माग गरेका छैनन्। तर, सरकारमा भएकाहरू जेनजीको माग भनेर दाबी गरिरहेका छन्। जेनजीले हामी दलविरुद्ध छैनौँ, संविधानविरुद्ध छैनौँ भनेका छन्।'
What's Your Reaction?





