टिकटकबाट सुरु भएको विवादले वीरगन्जमा तनाव

 0  21
टिकटकबाट सुरु भएको विवादले वीरगन्जमा तनाव

काठमाडौं, २० पुस । टिकटकबाट सुरु भएको विवाद धनुषाबाट वीरगन्ज सरेपछि मधेश प्रदेश तनावग्रस्त बनेको छ । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई वीरगन्जको स्थिति तनावग्रस्त बनेको हो ।

केही दिनअघि धनुषा जिल्लाको जनकपुर क्षेत्रमा हैदर अन्सारी र अमानत अन्सारी नामका दुई युवाले एउटा विवादस्पद भिडियो टिकटकमा अपलोड गरेका थिए।

उक्त भिडियोले धार्मिक सहिष्णुता बिगारेको भन्दै स्थानीयले दुवै युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए। यस विषयमा इलाका प्रहरी कार्यालय, खजुरीमा छलफल भइरहँदा पक्राउको विरोध गर्ने र पक्राउको समर्थन समूहबीच झडप भएको थियो। त्यही बेला मस्जिदमा आक्रमण समेत भएको थियो । 

यो घटनाको विरोध र समर्थनमा सामाजिक सञ्जालमा भइरहेका बहसले वीरगन्जका युवा आन्दोलित भएका हुन्। आइतबार बिहानैदेखि वीरगन्जको घण्टाघर र आसपासका क्षेत्रमा युवाले टायर बालेर प्रदर्शन गरेका छन्। अहिले धनुषा र पर्सासहित मधेशका आठैवटा जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । प्रहरीले झडप हुन सक्ने सम्भावित स्थान पहिचान गरी ती क्षेत्रमा बाक्लै सुरक्षाकर्मी परिचालन गरेको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow