फागुन २१ को निर्वाचनका लागि कांग्रेस-एमालेसहित ६८ दल दर्ता

 0  11
फागुन २१ को निर्वाचनका लागि कांग्रेस-एमालेसहित ६८ दल दर्ता

काठमाडौं, ९ मंसिर । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म जम्मा ६८ राजनीतिक दल दर्ता भएका छन् ।

निर्वाचन आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेअनुसार आज मंगलबारसम्म ६८ वटा दलहरू दर्ता भएका हुन् ।

एकातिर प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको नेकपा एमालेले पनि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । एमालेसँगै नेकपा एमाले र नेपाली कांग्रेसले पनि आयोगमा दल दर्ता गराएको छ ।

आयोगका प्रवक्ता माहादेव पन्थका अनुसार, ‘फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आयोगले तयार गरेको निर्वाचनको कार्यक्रमअनुसार मंसिर १० गतेसम्मका लागि निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्नेगरी समय तोकिएको थियो, मंगलबारसम्म ६८ वटा दलले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि दल दर्ता गरिसकेको अवस्था छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow