भदौ लागेसँगै फेरि बढ्यो अन्डाको मूल्य, कति पुग्यो प्रतिक्रेट ?
काठमाडौं, ४ भदौ । नेपाल लेयर्स कुखुरापालक संघले आज बिहीबारदेखि लागू हुने गरी अन्डाको मूल्य फेरि बढाएको छ । संघले एक साता नबित्दै अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएको हो ।
बढेको नयाँ मूल्यसूची अनुसार अब सबैभन्दा ठूलो (एक्सएल) अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ, ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५७५ रुपैयाँ र मिडियम अन्डाको मूल्य प्रतिक्रेट ५३५ रुपैयाँ तोकिएको छ ।
सानो अन्डाको मूल्य भने प्रतिपेटी ३२ सय रुपैयाँ कायम गरिएको छ ।
यसअघि ३० साउनदेखि लागु हुने गरी संघले एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५७५, ठूलो अन्डा ५६० र मिडियम अन्डा ५२० रुपैयाँ तोकेको थियो ।
पछिल्लो समय अन्डाको मूल्य लगातार उकालो लागिरहेको छ । अन्डाको मूल्य लगातार बढ्नुमा उत्पादनमा आएको कमी मुख्य कारण रहेको व्यवसायीहरूले बताउँदै आएका छन् ।
What's Your Reaction?





