भृकुटीमण्डपमा भोट माग्ने फरक पारा, ओलीले ईश्वर भन्ने, ईश्वरले ओली (तस्विरसहित)
काठमाडौं, १ पुस । काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि समर्थकहरुले फरक-फरक तरिका अपनाएर मत मागिरहेका छन्।
महाधिवेशनस्थलमा अहिले चुनावी मतदानको माहोल तातिएको छ । एमाले नेतृत्वका लागि अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दिएका छन् । दुई समूहबीच अहिले भृकुटीमण्डपमा प्रतिनिधिहरूसँग भोट माग्ने क्रम चलिरहेको छ ।
भोट माग्ने क्रममा ओली पक्षीय नेताहरूले ‘ईश्वर पोखरेल के भन्छ, केपी ओली ले भन्छ’, ‘सुरेन्द्र पाण्डे के भन्छ, शङ्कर पोखरेल ले भन्छ’, लगायतका नारा लगाएका छन् भने पोखरेल पक्षले ‘केपी ओली के भन्छ, ईश्वर पोखरेल ले भन्छ’, ‘शंकर पोखरेल के भन्छ, सुरेन्द्र पाण्डे ले भन्छ’, लगायतका नारा लगाउँदै भोट मागीरहेका छन् ।
What's Your Reaction?





