भेडासिंहबाट डेढ किलोभन्दा बढी अवैध सुनसहित भारतीय नागरिक पक्राउ

 0  9
भेडासिंहबाट डेढ किलोभन्दा बढी अवैध सुनसहित भारतीय नागरिक पक्राउ

०२ असोज, काठमाडौं । काठमाडौंको भेडासिंहबाट करिब डेढ किलो अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको पश्चिम बंगालस्थित हुगली जिल्लाको पाराबजारका ४१ वर्षीय मानिक दास रहेका छन्। उनलाई बिहीबार १ हजार ४८२.८१ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार दासको साथबाट बरामद सुनमध्ये केही गहनाका रूपमा र केही कच्चा अवस्थामा रहेको छ। प्रहरीले उनको साथबाट रु. ७ लाख ५६ हजार नगदसमेत बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार मानिक दासले काठमाडौंको भेडासिंहमा घर भाडामा लिएर सुनका गहना बनाउने कारखाना सञ्चालन गर्दै आएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow