म राजनीतिमा अघि बढिसके,अब खुट्टा कमाउदिनँ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं, ६ साउन । राष्ट्रपतिको पदबाट फर्किएपछि राजनीति गर्न नहुने भन्ने आलोचनालाई अस्वीकार गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा अघि बढि सकेको र अब पछि नहट्ने बताएकी छन्।
आफू सक्रिय राजनीतिमा आउने कुरामा कसैले पनि भयभीत नहुन पूर्वराष्ट्रपति भण्डारीले आग्रह समेत गरेकी छन् । पूर्वराष्ट्रपति भण्डारीले आफू ‘माझकिरातकी छोरी भएको र खुट्टा कमाउने स्थितिमा नरहेको बताएकी हुन् ।
आफूले एमालेमा २०३५/३६ सालदेखि नै योगदान पुर्याएको बताउँदै उनले भनिन्, ‘म माझकिरातकी छोरी हुँ, म सक्रिय राजनीतिमा अघि बढिसके, अब खुट्टा कमाउदिनँ ।’
What's Your Reaction?





