यस्तो छ रिटर्नी फेडेरेसन पदाधिकारी बैठकको निर्णय

 0  75
यस्तो छ रिटर्नी फेडेरेसन पदाधिकारी बैठकको निर्णय

काठमाडौं, २८ चैत्र । रिटर्नी फेडेरेसन नेपालको आज बिहान अनलाइन बसेको केन्द्रिय पदाधिकारी बैठकले निम्न निर्णयहरू गरेको छ

रिटर्नी फेडेरेसन नेपालको पहिलो केन्द्रीय कमिटीको पूर्ण बैठक आँउदो ०८२ साल बैशाख १२ र १३ गते (शुक्रबार / शनिबार ) २ दिन सङ्घीय राजधानी काठमाडौंमा  हुने भएको छ । स्थान र समय भने पुन अर्को बैठक बसी जानकारी गराइने निर्णय गरेको छ

रिटर्नी फेडेरेसनका केन्द्रिय अध्यक्ष विनोद भट्टराई लगायत कार दुर्घटनामा परी घाइते सम्पूर्णमा बैठकले शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ  उदयपुरको चौदण्डीगढी नगरपालिका – ६ सातधारेमा बुधबार बिहान कार दुर्घटना भएको थियो । मोरङको केराबारीबाट काठमाडौँ आँउदै गरेको बीएबी ५४९२ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी कार चालक अध्यक्ष विनोद भट्टराई, छोरा सम्पन भट्टराई, श्रीमती  रीता भट्टराई र  त्रिपुरा सत्याल घाइते भएका छन् । घाइतेहरूको नगर अस्पताल बेल्टारमा प्राथमिक उपचार भई थप उपचारका लागि २ जनालाई ललितपुर ग्वार्कोस्थित बिएन्डबि अस्पतालमा भर्ना गरिएको छ । अध्यक्ष विनोद भट्टराई भने हाल सामान्य अवस्थामा नै रहेको जानकारी प्राप्त भएको छ । 

प्रमुख अतिथि सङ्गठन इन्चार्ज डा. कृष्ण केसी रहेको बैठक, अध्यक्ष विनोद भट्टराईको अध्यक्षता बसेको थियो भने उपाध्यक्ष अर्चना बस्नेत, उपाध्यक्ष जितेन्द्र बानियाँ, उपमहासचिव नवराज श्रेष्ठ, सचिव सिता बस्याल, सचिव ज्ञानेश्वर घिमिरे एवं प्रचार विभाग प्रमुख हेम राईको उपस्थिति रहेको थियो बैठकको संचालन सङ्गठनका महासचिव खेम कार्कीले गरेका थिए

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow